Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुनसरीमा गोली हानी हत्या

सुनसरी, मंसिर ५ ।

सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ ।

बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई दुहबी–९ नहर क्षेत्रमा गोली हानिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।

यसैबीच घटनाको विरोधमा मृतकका परिवार तथा आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकको शव उनकै घरमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: