Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘रग्बी फेस्टिभल एण्ड लाइभ’ म्युजिकमा दुई दर्जन बढी कलाकार एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर नेपाल ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम आगामी मङ्सिर २२ गते शनिबार टुँडिखेलमा हुने छ ।

सो कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिने छ ।

सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ ।

उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाहुरे’, नितेशजंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुने छ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: