Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक भुपेन्द्रको ‘प्रेम रोग’ गीत बजारमा (भिडियोसहित)

नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउँदै आएको प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ‘प्रेमरोग’ गीतको भिडियो बजारमा आएको छ ।

प्रेममा परेका मायालु जोडीको पिडालाई गीतमा समेटिएको छ ।

आफूले माया गरेको प्रेमीले माया नगर्दा मायामा पागल बनेकी प्रेमिकाले गीतमा आफनो पीडालाई गीतको माध्यम मार्फत गाएकी छन । जीवनमा आउने पीडालाई गीतमा समेटिएको छ ।

मायालुको यादमा नै अन्तिम सास फेरेको कुरा गायक भुपेन्द्रले गरेका छन ।

भविन्द्र लम्सालको शब्द तथा भुपेन्द्र जिसीको लय सिर्जनामा गीत तयार गरिएको छ । मुकेश हुमागाइँको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेम रोग’ गीतमा गीतको भावअनुसारको सारिका केसी र दिपक केसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: