Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घरमा आगलागी हुँदा ११ लाख क्षति

नुवाकोट, मङ्सिर ५ ।

लिखु गाउँपालिका–४ नचनिडाँडामा बुधबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

बुधबार बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गलागीबाट धान, मकैलगायत अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचर जलेर नष्ट भएको छ ।

आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: