Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्रालयहरूको कार्यप्रगतिबारे समीक्षामा सरकार

काठमाडौँ, मङ्सिर ५ । सरकारले मन्त्रालयहरूको कार्यप्रगतिको समीक्षा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा बैठक बुधबारदेखि सुरु भएको हो ।

सिंहरदबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयका कर्मचारी, सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरु सहभागी रहेका छन् ।

बुधबार दिउँसो सुरु भएको उक्त समीक्षाको पहिलो चरणमा पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको समीक्षा हुँदैछ । सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेस गरेका थिए ।

त्यो कार्ययोजनाअनुसार के–के काम भयो या भएन, कसरी भयो भन्नेबारे आजको बैठकमा समीक्षा हुने जनाइएको छ । समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने बताइएको छ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार एक कार्यक्रममा विकास निर्माण कार्यको प्रगतिमा आफू पनि असन्तुष्ट रहेको बताएका थिए । नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्

%d bloggers like this: