द्वन्द्वपीडितका समस्या राजनीतिक र कानुनी तहमै सम्बोधन हुने : प्रचण्ड

चितवन, मङ्सिर ५ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले द्वन्द्वपीडितका समस्या सम्बोधन गर्न राजनीतिक र कानुनी तहमै गम्भीर रूपले गृहकार्य भइरहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताए ।

याे पनि पढ्नुस  स्थानीय तहको संख्या थप्ने मन्त्रीपरिषदको निर्णय

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, “द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।”

याे पनि पढ्नुस  प्रकाश दाहालको पार्थिव शरीरको अन्त्येष्टि ४ बजे पशुपतिमा गरिने

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहेका प्रचण्डले थपे “प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिएका छन् । त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।”

याे पनि पढ्नुस  सरकारबाट बढी लाभ लिएका जनताले नै किन भाेट दिएनन् भन्नेबारे समीक्षा हुन्छ : प्रचण्ड

भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उनले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताए । उनले भने,  “भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।” रासस

कमेन्ट गर्नुहोस्