प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय

जिरी, मङ्सिर ५ ।

दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् ।

प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ र दोलखा जिल्ला फुटबल संघ सेमिफाइनमा पुगेका छन् ।

आज भएको क्वार्टर फाइनलमा प्लानिङ ब्याइज काडाँघारी भक्तपुर काभ्रे फुटबल सङ्घलाई ३–२ गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको छ । यसअघि मंगलबार भएको पहिलोे खेलमा चितवन एघारलाई २–१ गोलअन्तरले हराउँदै एपिएफ सेमिफाइनमा पुगेको थियो ।

याे पनि पढ्नुस  विश्वकप फुटबलः आजको खेलमा यी तीन खेलाडी चम्किन सक्छन्

त्यसैगरी मंगलबार नै भएको दोस्रो खेलमा दीपशिखा नैकापले कुमारी फुटबल क्लब काठमाडौँ क्लबलाई ५–० गोल अन्तरले हराउँदै सेमिफाइनमा पुगेको थियो । सोमबार भएको क्वार्टर फाइनलमा दोलखा जिल्ला फुटबल सङ्घले सानो गौचारण काठमाडौँलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

याे पनि पढ्नुस  क्रिष्टल प्यालेस मैदानमा आर्सनलको कठिन जित

शनिबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

दाहालको स्मृतिमा आयोजना गरिएको खेलमा विजेताले नगद रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख २५ हजार साथै शिल्ड तथा मेडल प्राप्त गर्ने छ । प्रतियोगितामा देशका विभिन्न क्लब तथा फुटबल सङ्घ गरी १२ टिमको सहभागिता छ । खेल मङ्सिर ७ गतेसम्म चल्ने छ । रासस

कमेन्ट गर्नुहोस्