Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बालगायक प्रितम आचार्य भारतको सारेगमप लिटिल च्याम्पमा जाँदै (भिडियो सहित)

चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिशन पास गरी अर्को अडिशनमा सहभागी बन्न भारत जान लागेका इटहरीका बालगायक प्रितम आचार्यलाई आशिर्वाद तथा शुभकामना प्रदान गरिएको छ ।

निषाद संगीत बिद्यालय इटहरीमा आचार्यलाई एक कार्यक्रम गरी शुभकामना दिइएको हो ।

इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ वर्षका छन् ।

उनका धेरै गीत तथा कभर गीतहरु य़ुटुबमा प्रशस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रितम संगीत र पढार्इलाई सँगसँगै लागिरहेका छन् ।

उक्त्त शुभकामना कार्यक्रममा प्रीतमका बुबा काशीनाथ आचार्यले भने ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो ।’

आधुनिक, शास्त्रीय दुवै कसिमका संगीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भावुक बनाइदिन्छ । केही समय अगाडीदेखि गुरु भुपेन्द्र राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: