Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आकाशेपुलबाट खसेको कारमुन्तिर च्यापिएर ५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको हरियाणा राज्य अन्तर्गत हिसार जिल्लामा कारको ठक्करबाट पाँच जना मजदूरहरू घाइते भएका छन् । मङ्गलबार राति एउटा निर्माणाधीन आकाशेपुल मुन्तिर फुटपाथमा सुतिराखेका मजदुरहरूलाई कारले कुल्चिंदा नौ जना अन्य घाइते भएका छन् ।

प्रहरीका अनुसार हांसी भन्ने ठाउँतिर गइरहेको एउटा कार सडकको डिभाइडरमा ठोक्किएर फुटपाथमाथि चढ्दा उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार उक्त आकाशे पुलको मर्मतकार्य चलिराखेकाले मजदूरहरू राति अबेरसम्म काम गरेर फुटपाथमै सुतेका थिए । प्रहरीले तीव्र गतिमा आइरहेको कार नियन्त्रणबाहिर जाँदा उक्त कार आकाशेपुलको रेलिङ भत्काएर लगभग ५० फीट मुन्तिर फुटपाथमा सुतिरहेका मजदूरहरू माथि खसेको बताएको छ । घटनामा चालकलाई समेत चोट लागेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: