Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षाको व्यापारीकरण रोकिने: प्रचण्ड

चितवन, मङ्सिर ५ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले समाजवाद उन्मुख शिक्षानीति कस्तो हुने भन्नेबारे छलफल सुरु भइसकेको र नीतिगत सुधारका कार्यक्रमहरू सुरु भैसकेको बताएका छन् ।

भरतपुर महानगरपालिका- २५ शुक्रनगरस्थित राष्ट्रिय मावि शोशीको स्वर्ण जयन्ती समापन समारोहमा बोल्दै प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाले शिक्षाको माध्यमबाट मात्रै मूर्त रुप लिनसक्ने भन्दै सामुदायिक विद्यालयहरूको स्तरोन्नतिको लागि सामान्य शिक्षाभन्दा पनि व्यवसायिक र प्राविधिक शिक्षामा विशेष जोड दिइनु पर्ने समेत बताए ।

विगत एक-दुई दशकयता शिक्षामा भएको तीव्र निजीकरणले सामुदायिक विद्यालयहरू बिस्तारै सुक्दै जाने अवस्था आएको चर्चा गर्दै प्रचण्डले शिक्षाक्षेत्रमा बढ्दो व्यापारीकरण चिन्ताको विषय रहेको र सरकारले निजीकरणलाई नियमन गर्ने जनाउँदै निजी विद्यालयहरूलाई पनि सामाजिक न्यायको मान्यता अनुरुप समुदयिकतातिर उत्प्रेरित गरिने समेत बताए ।

सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा सुधारका साथै भौतिक पूर्वाधारमा समेत ध्यान पुऱ्याउनु पर्ने भन्दै प्रचण्डले विद्यालयमा आवश्यक शिक्षक दरबन्दीबारे पहल गर्ने र भौतिक निर्माणका लागि तत्कालका लागि संसद विकास कोषबाट तत्कालका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने समेत वचन दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: