Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जेठी र कान्छी श्रीमतीको झगडामा श्रीमानले खुकरी हान्दा जेठीको मृत्यु

पाँचथर, मंसिर ५ ।जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा श्रीमानको प्रहारबाट जेठी श्रीमतीको मृत्यु भएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा जेठी र कान्छी श्रीमतीबीच झगडा हुँदा ४३ वर्षीय नरबहादुर चेम्जोङले ४४ वर्षीया जेठी श्रीमती इन्द्रमाया चेम्जोङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरकाअनुसार मंगलबार राति नरबहादुरका दुई श्रीमतीबीच झगडा भएको थियो ।

सोक्रममा नरबहादुरले जेठी श्रीमती इन्द्रमायाको घाँटी र टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

जेठी श्रीमतीको हत्या गरेर फरार भएका नरबहादुरलाई राति नै नवमिडाँडाबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक इन्द्रमायाकी एक छोरी छन् । नरबहादुरको कान्छी श्रीमतीपट्टीबाट एक छोरा र एक छोरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: