सलमान खानलाई धम्की दिएपछि शाहरुख पक्राउ

काठमाडौं,५ मंसिर : बलिउड सुपरस्टार सलमान खानलाई धम्की दिने उत्तर प्रदेशका शाहरुख गुलाबनबी उर्फ शेरालाई पक्राउ गरेको छ। पक्राउपछि प्रहरीलाई शेराले आफू बलिउडमा काम गर्न मौका चाहेको बताएका छन् । उनी बलिउडमा सलमान उनको गडफादर बनुन् भन्ने चाहन्छन् ।

प्रहरीका अनुसार शेराले अक्टोबरमा सलमान खानको निजि सहयोगीलाई फोन गरेर अभिनेताको नम्बर मागेका थिए । जब सलमानका सहयोगीले शेरालाई नम्बर दिन नसकिने बताए तब शेराले उनलाई धम्की दिए।

याे पनि पढ्नुस  दोस्रो पटक सलमान खानको नेपाल भ्रमण स्थगित हुनुको कारण यस्तो छ-

बरिष्ठ प्रहरी निरिक्षक अनावकरले भने’सलमानका सहयोगीले प्रहरीसँग सम्पर्क गरेपछि हामीले बान्द्रा प्रहरी चौकीमा अज्ञात मानिस बिरुद्ध मुद्दा दर्ता गर्‍यौ।’ उनका अनुसार शेरालाई इलाहावादबाट गिरफ्तार गरिएको हो। शेरालाई सोमबार मुम्बई ल्याइएको छ। र उनलाई सोमबारै अदालतमा हाजिर गरियो। अदालतले शेरालाई २२ नोभेम्बर सम्म प्रहरी हिरासतमा राख्ने आदेश दिएको छ ।

कमेन्ट गर्नुहोस्