Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

४ महिनामा वैदेशिक रोजगारी सम्बन्धि ४३४ उजुरी, मन्त्री विष्टद्वारा तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, ५ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले वैदेशिक रोजगारी सम्बन्धित उजुरी तत्कार समाधान गर्न निर्देशन दिएका छन् ।

श्रम मन्त्रालय सम्हालेको नौ महिनापछि वैदेशिक रोजगार विभागको अनुगमनमा पुगेका मन्त्री विष्टले रोजगारीका नाममा हुने सवै खालको शोषणको अन्त्य गरिनेमा जोड दिए ।

मन्त्री विष्टले वैदेशिक रोजगारमा जाने कामदारमाथि आर्थिक शोषण गर्ने म्यानपवार व्यवसायीमाथि युद्धस्तरमा अनुगमन गरिने बताए ।

उनले लाखौं ठगिएका रोजगार पीडितले ठगिएभन्दा बढी नै क्षतिपूर्ति भराउन विभागका कर्मचारीलाई निर्देशन दिए ।

आर्थिक र मानवसँग जोडिएको संवेदनशील विषयमा गम्भीर हुन समेत विभागका कर्मचारीलाई उनले आग्रह गरे ।

वैदेशिक रोजगारीमा जाने कामदारमाथि आर्थिक शोषण भएमा मन्त्रालयले ‘रमिता’ हेरेर नबस्ने विष्टको भनाई थियो ।
अनुगमनमा पुगेका मन्त्रालयका सचिव महेशप्रसाद दाहालले वैदेशिक रोजगारीका नाममा हुने सवै विकृति र भइरहेका समस्या पहिचान गदै समाधान गर्न विभागका कर्मचारीलाई निर्देशन दिए ।

विभागमा गएको ४ महिनामा संस्थागत ४ सय ३४ उजुरी परेका छन् । जसमा विभागले ३६ वटा उजुरीको मुद्दा सुनुवाई गरेको छ । व्यक्तिगततर्फ ४ सय ३६ वटा उजुरी परेकोमा एक सय उजुरीको मात्रै फरफारक गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: