Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओली र प्रचण्डका अगाडि मञ्चमा यो गीत गाउँदा ढलेका थिए जनगायक खुशीराम पाख्रिन (भिडियो)

काठमाडौं, लाखौं जनताका प्रिय गायक खुशीराम पाख्रिनको मृत्यु भएको आज एक वर्ष पुगेको छ । गत वर्ष चितवन क्षेत्र नं. ३ मा आयोजित बृहत चुनावी सभामा गीत गाए लगत्तै उनी अस्पताल भर्ना भएका थिए ।

काठमाडौंमा अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको निधन भएको थियो । सोही लगत्तै चितवनमा श्रद्धान्जली सभा राखिएको थियो । अध्यक्ष प्रचण्ड र तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी ओली सभामा थिए ।

खुशीराम पाख्रिनले गीत गाए:

युवाहरु हो, देश तिम्रै हो भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो
हजारौको बलिदानले कालो युग ढलेको छ
सृजना र संवृद्धिको बाटो कोर्न थालेको छ
युवा तिम्रो काँधमा आयो देश बदल्ने अभिभारा
छाती खोली अघि बढ्ने अब तिमीले हिम्मत गर ।

एकैछिनपछि उनलाई छातीमा असहजता भयो । उनी तत्कालै अस्पताल लगिए । तर देख्दा जोसिला पाख्रिन त्यसपछि भने कहिल्यै नफर्किने गरी अस्ताए ।

आभास टेलिभिजनले त्यतिखेर तयार पारेको भिडियो हेनुस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: