Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हात छिनियो, मालिकको धम्की मात्रै पाए क्षतिपूर्ति पाइनः चिप्पु तामाङ

काठमाण्डौं, मंसिर ५ । विदेशमा काम गर्ने नेपालीलाई साह्रै दुःख छन् । त्यहाँ काम गर्ने नेपालीका दुःख शब्दमा बयान गर्न सकिन्न । नेपालमा गतिलो रोजगारीको अवसर नपाउँदा कयौं नेपाली विदेशी भूमिमा पसिना बगाइरहेका छन् ।

देश विकास गर्ने युवा विदेश हुँदा नेपालमा रहेका युवा पनि खासै सन्तुष्ट छैनन् । विदेशमा पसिना बगाइरहेका नेपालीले दुःख पाउँदा पक्कै पनि कसैलाई राम्रो लाग्दैन । तर, के गर्नु आर्थिक बाध्यताले कयौं नेपाली विदेशमा जोखिमयुक्त काम गरिरहेका छन् ।

कयौं नेपालीको काम गर्दागर्दै मृत्यु भएको खबर बेला बखत सुन्नमा आउँछन् । साथै, धेरैं नेपाली जोखिमपूर्ण काम गर्दागर्दै घाइते पनि भएका खबर त्यत्तिकै सुनिन्छन् । यसबीच, रसुवा धुम्जे गाउँपालिका ४ का युवा चिप्पु तामाङ पनि वैदेशिक रोजागारीको सिलशिलामा मलेसिया गएका छन् । उनले नेपालबाट त्यहाँका लागि उड्दा पैसा कमाउने सपना बोकेर गएका थिए । तर, उनको सपना पूरा भएन ।

चिप्पुको सपना पूरा नहुनुको कारण हो काम गर्दागर्दै दुर्घटनामा पर्नु । उनी मलेसियाको स्यालेङर जिल्लामा रहेको एक कम्पनीमा काम गर्दथे । चिप्पु त्यहाँको ब्राइज्ड स्टील बीएसडी (Bright Stall BSD) नामको कम्पनीमा काम गर्दथे ।  काम गर्दागर्दै एकदिन उनको हात मेसिनमा पस्यो । र, दायाँ हात नै छिनालेर लग्यो ।

यो घटना भएको एक वर्ष पुग्न लागेको छ । तर, उनको उपचार खर्च न कम्पनीले बोहोर्यो नत कसैले । अहिले चिम्पु आफ्नै पैंसाले उपचार गरिरहेका छन् ।  उनले गुनासो पोखे, ‘घटना भएको एक वर्ष बढी हुन लाग्यो नत उपचारका लागि कम्पनीले क्षतिपूर्ति दियो नत कसैले । साह्रै अप्ठ्यारोमा छु । कम्पनीसँग क्षतिपूर्तिबारे कुरा गर्दा उल्टा धम्की आउँछ ।’

कम्पनीका मालिकसँग क्षतिपूर्ति दिनुपर्यो भनेर आग्रह गरेको भएपनि क्षतीपूर्तिको रकमको सट्टा धम्की दिने गरेको चिम्पुले गुनासो पोखे । उनले कम्पनीबाट क्षतिपूर्ति उपलब्ध गराई माग्न विभिन्न निकायसँग आग्रह गरेपनि कसैले पनि नसुनेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: