Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयोजकले नै दुर्व्यवहार गरेपछि ज्योति मगर प्रहरीमा (भिडियोसहित)

चितवन, मंसिर ५ । गायिका ज्योति मगर प्रहरी कार्यालयमा पुगेकी छन् । आयोजक मध्ये एकजनाले दुव्र्यहार गरेकाले उनी प्रहरीमा पुगेकी हुन् । आज ज्योति प्रहरीमा उजुरी दिन भने आएकी होइनन् । उनी आज आफूमाथि दुर्व्यवहार गरेका व्यक्तिलाई छुटाउन प्रहरीमा पुगेकी हुन् ।

ज्योतिलाई चितवनका एकजना व्यक्तिले मंगलबार राति रक्सी खाएर दुर्व्यवहार गरेका थिए । र, लगत्तै उनले प्रहरी बोलाएर दुव्र्यहार गर्ने व्यक्तिलाई पक्राउ गर्न आग्रह गरेकी थिइन् ।

प्रहरीले दुव्र्यहार गरेका व्यक्तिलाई तुरुन्तै पक्राउ गरेको थियो । तर, पक्राउ परेको २४ घण्टा नबित्तै उनी प्रहरी कार्यालयबाट रिहा भएका छन् । पक्राउ परेका व्यक्तिको नाम र संस्था खुलाइएको छैन । बाँकी हेर्नुस् यो भिडियोमा-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: