Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डद्वारा अभिभावकत्व ग्रहण गरेका बालकको शैक्षिक प्रगतिबारे जानकारी

चितवन, मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन् ।

निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गरेका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा पटकपटक जानकारी लिने गरेका छन् ।

आज उनीहरु पढिरहेको साझापुर मा.वि पुगेर पचण्डले आफूले अभिभावकत्व ग्रहण गरेका बालकहरुको खाजा, कपी, किताव र अन्य आवश्यकिय शैक्षिक सामग्रीबारे जिज्ञासा राखेका थिए ।

गतवर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।

साझापुर मा.विको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधारको निर्माणको लागि प्रदान गर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: