Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–१० लिगः सन्दीपले लिए एकै ओभरमा २ विकेट ! [LIVE]

काठमाडौं, मंसिर ५ । यूएईमा क्रिकेटकै छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगको दोस्रो खेलमा अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम केरला किङस र पाकटुन भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १०ः३० बाट शारजाह क्रिकेट स्टेडियमा सुरू भएको हो ।

सन्दीपको टिमले आज टस जितेर फिल्डीङ रोजेको छ । यसैबीच, सन्दीपले एकै ओभरमा २ विकेट लिएका छन् । उनले पाँचौ ओभरमा बलिङ गर्न आएका थिए । सन्दीपले पहिलो र अन्तिम बलमा विकेट लिन सफल भए ।

टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए। सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।

यस्तै पख्तुनको कप्तानी पाकिस्तानका पूर्वकप्तान तथा विस्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले गर्नेछन्। लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

https://www.facebook.com/billalchakarii/videos/2128032177513723/

कमेन्ट गर्नुहोस्

%d bloggers like this: