टी-१० फर्म्याटमा सन्दीपकाे कमाल: २ अाेभरमा लिए ३ विकेट

काठमाडौं, मंसिर ५ । यूएईमा आजदेखि सुरु भएको क्रिकेटकै छोटो स्वरूपको प्रतियोगिता टी-० क्रिकेट लिगको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम केरला किङस ११० रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाकटुनले निर्धारित १० ओभरमा ५ विकेटको क्षतीमा १०९ रन बनायो । यो लिगमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन रह्यो । उनले २ ओभरमा १७ रन खर्चिदैं विकेट लिए । खेल नेपाली समय अनुसार राति १०ः३० बाट शारजाह क्रिकेट स्टेडियमा सुरू भएको हो ।

याे पनि पढ्नुस  नेपालको एक सय रन पूरा, सातौ विकेटमा ऐरी आउट

सन्दीपको टिमले आज टस जितेर फिल्डीङ रोजेको छ । यसैबीच, सन्दीपले एकै ओभरमा २ विकेट लिएका छन् । उनले पाँचौ ओभरमा बलिङ गर्न आएका थिए । सन्दीपले पहिलो र अन्तिम बलमा विकेट लिन सफल भए ।

टी–१० लिग खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आइतबार युएई गएका थिए। सन्दीपलाई गत महिना केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

याे पनि पढ्नुस  यूएईलाई चौथो झड्का, सन्दीपको खातामा दोस्रो विकेट

सन्दीपको टिममा इङ्ल्यान्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ, मोहम्मद नाभेद जस्ता विश्वका चर्चित स्टार खेलाडीहरु छन् ।

यस्तै पख्तुनको कप्तानी पाकिस्तानका पूर्वकप्तान तथा विस्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीले गर्नेछन्। लिगमा कुल ८ टिम सहभागिता छ। मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्।

कमेन्ट गर्नुहोस्