Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नै प्रेमीको हत्या गरी उनकाे मासु पाकिस्तानीलाई !

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ । तर घटना यथार्थ हो । यो घटना हो मोरक्कको । त्यहाँकी एक महिलाले आफ्नै प्रेमीको हत्या गरी पकाएर पाकिस्तानी कामदारलाई मासु खुवाएको रहस्य खुलासा भएको छ ।

ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि नै हत्या गरेकी हुन् । तर घटनाका बारे भर्खरै रहस्य खुलेको हो । बीबीसीले जनाएअनुसार उनको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो ।

ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छिन् । ३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

हत्या गरिएका युवकसँग ती महिलाको ७ वर्षदेखि सम्बन्ध रहेको यूएईको पत्रिका द नेसनलले जनाएको छ । युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: