Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन सिनेमा फ्लप भएपछि छोरो जन्माउने नायिका (तस्वीरसहित)

काठमाडौं, असफलता हुँदा मानिस डिप्रेसनको शिकार बन्ने उदाहरण हुन आशिका तामाङ । मोडलिङको संसारबाट सिनेमा क्षेत्रमा पुगेकी आशिका केही समयअघि खसि खसिनी काण्डले खासै चर्चामा पनि आइन ।

अहिले विदेशबाट फर्केकी आशिकाले आफूले निर्माण गरेको सिनेमा फ्लप भएपछि डिप्रेसनमा पुगेको खुलासा गरेकी छिन् । मिडियामा उनले दिएको ताजा अन्तर्वार्तामा आर्यन सिग्देललाई लिएर आफ्नै लगानीमा निर्माण गरेको चलचित्र ‘सुश्री’ ले सफलता नदिएपछि तनाव सिर्जना भएको बताएकी हुन ।

उनकै शब्दमाः
सुश्रीले डुबायो मात्र होइन, मलाई त्यसले चुर्लुम्मै डुबायो। एउटा मान्छेको १ करोड रुपैयाँ भनेको एउटा घर जानु हो। म जस्तो नयाँ मेकर्सहरु कती घरबार विहिन भइरहेका होलान्। म त्यत्रो लगानी डुबे पछि डिप्रेसनमै गएँ। डिप्रेसनबाट म पुनः सामान्य अवस्थामा फर्कन निकै मिहेनत गर्नु पर्यो।

सिनेमा फ्लप भए पछि जर्मन गएँ। त्यहीँ बेला मैले छोरो नि जन्माए। अनि के गर्नु त ? सिनेमाबाट केही हुन सकेन।

म त्यति बेला अलि परिपक्व पनि थिइनँ। नबुझी सिनेमा बनाएँ। त्यही भएर पनि म सफल हुन सकिनँ। मैले एक पैसा पाइनँ त्यो सिनेमाबाट।

म यस्तो तनावमा गएँ की समाल्नै गाह्रो। धन्न मेरो श्रीमान्ले मलाई बुझ्नु भयो र म फेरि सिनेमा बनाउछु भनेर आँट गरेर नेपाल फर्केकी छु। यस बारेमा छलफल र भेटघाट भइरहेको छ। पहिला जस्तो हतार गरेर अब गडबडमा सिनेमा बनाउदिनँ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: