५४ हिमाल आरोहण गर्न १६९ समूहले लिए अनुमति

काठमाडौं । नेपालका ५४ वटा हिमाल आरोहण गर्न १६९ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार २०१८ जनवरीदेखि १९ नोभेम्बरसम्ममा हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या १ हजार ३५८ जना रहेका छन् ।

विभागका अनुसार ६ हजार ५ सय मिटरभन्दा माथिको हिमाल आरोहणका लागि ९९ समूह र सोभन्दा मुनिको हिमाल आरोहणका लागि ७० वटा समूहले अनुमति लिएको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  बढ्यो हिमालयको तापमान, प्राकृतिक विपत्तिको खतरा हुन सक्ने

विभागका अनुसार आमादब्लम, अन्नपूर्ण, अपी हिमाल, धौलागिरि, गुर्जा, चामलाङ, मनास्लु, लोत्सेलगायतका हिमाल आरोहणका लागि ९९ वटा समूहले अनुमति प्राप्त गरेका छन् ।

त्यस्तै, ६ हजार ५ सय मिटरभन्दा तलको हिमाल अरनिको चुली, अरदाङ, भृकुटी, लाङटाङ, मुस्ताङलगायतका हिमाल आरोहण गर्ने ७० वटा समूह रहेका छन् ।

कमेन्ट गर्नुहोस्