Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इन्टरपोल प्रमुखमा किम जोङको नियुक्तिप्रति रुसको कडा आपत्ती, अमेरिकाले षडयन्त्र गरेर जिताएको आरोप

काठमाडौं, प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलको प्रमुखमा दक्षिण कोरियाका किम जोङ याङलाई चयन भएपछि रुसले चर्को आलोचना गरेको छ ।

किमको नियुक्तिलाई व्हाइट हाउस र यसको युरोपियन साझेदारको ठूलो विजयका रुपमा हेरिएको छ । यूरोप र अमेयिरकाले अन्तिम समयसम्म किमको पक्षमा लबिङ गरेका थिए । रुसले भने आफ्ना समानित व्यक्ति अलेक्ज्याण्डर प्रोकोप्चुकका िविरुद्ध गैर मर्यादित अभियान चलाएर चयन गर्न नदिएको भन्दै आलोचना गरेको छ ।

रूसले इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हंगामा मचाएर रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ। क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरीत काम हुनसक्ने भन्दै कतिपय सञ्चारमाध्यमले रूसविरोधी विचार व्यक्त गरेको रूसको दावी छ। अमेरिकाले आफ्नो उम्मेदवारविरोधी अफवाह फैलाएको रूसको आरोप छ।

यसअघि चिनियाँ नागरिक मङ होङवई इन्टरपोलका अध्यक्ष थिए। उनलाई गत सेप्टेम्बरमा भ्रष्टाचार आरोपमा चीनले पक्राउ गरेको थियो।

किमले भने यसअघि इन्टरपोलका कार्यवाहक अध्यक्ष भएर काम गरेका थिए।

इन्टरपोल प्रमुखका लागि मंगलवार निकै तनाव सिर्जना भएको थियो। किमका विरुद्ध रूसी अधिकारी अलेक्जेन्डर प्रोकोप्चुकले अध्यक्ष पदमा दाबी गरेका थिए। प्रोकोप्चुक यसअघि इन्रपोलका उपप्रमुख थिए।

अमेरिका समर्थित किमका विरुद्ध रूसको उम्मेदवारी परेपछि पश्चिमा शक्तिले चिन्ता व्यक्त गरेका थिए। रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई अस्वीकार गर्न अभियान चलाएका थिए।

त्यसपछि किमले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए। अध्यक्ष चयनका लागि विश्वका नेताहरू सोमवार दुबई पुगेका थिए। मंगलवार अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले किमको समर्थन गरेपछि रूस पछि हटेको थियो। उनको कार्यकाल सन् २०२० मा पूरा हुनेछ।

पोम्पिओले सञ्चारकर्मीसँग भने, ‘हामी इन्टरपोलका सदस्य सबै देश र संगठनलाई प्रोत्साहित गर्छौं। इमानदारीपूर्वक प्रमुखको निर्वाचनमा कानुनको सम्मान गर्छन्। किम त्यस्ता व्यक्ति सावित हुने हामी आशावादी छौं।’

अमेरिकाका दुबै दल आबद्ध सिनेटरहरूको समूहले यसै साता खुला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको रक्षक’ बनाउनु हुने बताएका थिए।

रूसले इन्टरपोलको दुरुपयोग गर्दै राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि कारबाही गरेको उनीहरूको आरोप थियो। उनीहरूले उक्त रणनीतिमा निवार्तमा उपप्रमुख प्रोकोप्चुक सहभागी हुनेगरेको समेत दाबी गरेका थिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: