Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतमा फेरी दशौं हजार किसान सडकमा

नयाँ दिल्ली । भारतमा फेरी किसान आन्दोलनले उग्र रुप लिएको छ । यसअघि गत मार्चमा लाखौं किसानहरुले मार्च गर्दै प्रदर्शन गरेपछि सरकारले उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो ।

तर सरकारले किसानका मागको सुनुवाई नगरेको भन्दै फेरि किसानहरु आन्दोलनमा उत्रिने भएका हुन ।

आज उनीहरुले महाराष्ट्र विधानसभा अगाडि प्रदर्शन गर्ने कार्यक्रम छ । अहिले ३० हजार बढी किसानको लामो लाइन विधानसभा तर्फ अघि बढ्दै छ ।

गत मार्चमा असन्तुष्ट किसानहरुले मुम्बईको सडकमा प्रदर्शन गर्दै जनजीवन ठप्प गरेका थिए । त्यो बेला पर्नाडिज सरकारले कर्जामाफीको घोषणा गरेका थिए ।

किसानहरुले खानेपिने सामान समेत बोेकेर प्रदर्शनमा उत्रिएको समाचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा सरकारका गलत नीतिका कारण वर्षेनी हजारौं किसानहरुले आत्महत्या गर्ने गरेका छन् ।

किसानहरुको आजको मार्च आजाद मैदानसम्म जाने बताइएको छ । लोडसेडिङ समस्या, बनाधिकार कानुन लागु गर्ने, सुक्खाबाट राहत, न्यूनतम समर्थन मूल्य र स्वामिनाथन रिपोर्ट लागु गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

आन्दोलनमो कैयन सामाजिक कार्यकर्ता र किसान आन्दोलनसँग जोडिएका व्यक्ति सहभागि छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: