Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवनमा फेरि रित्तियो राप्रपा, दर्जनौं कार्यकर्तालाई नेकपा प्रवेश गराए प्रचण्डले

चितवन। राप्रपा र नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बिहिबार बिहान भरतपुर महानगरपालिका वडा नं २१ मा प्रचण्डले उनीहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नै देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी भएको बताए । नेकपामा प्रवेश गर्दै नवप्रवेशीहरुले देशको मुहार फेर्ने पार्टी नेकपा भएकाले आफूहरु यो पार्टीमा आएको बताए ।

प्रचण्डले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताए । उनले भने, “अहिले सरकारमा निकै गम्भीर रुपले यो समस्याको गम्भीररुपमा नीतिगत समिक्षा भइराखेको छ र केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने छ ।”

गत वर्षको निर्वाचनका क्रममा जिल्ला नेतासहित हजारौं कार्यकर्ता तत्कालिन नेकपा माओवादी केन्द्मा प्रवेश गरेका थिए । चितवन क्षेत्र नं. ३ मा प्रचण्डविरुद्ध राप्रपाका बिक्रम पाण्डेले उम्मेदवारी दिएका थिए भने नेपाली कांग्रेसले पाण्डेलाई समर्थन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: