Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जम्मु कश्मिरमा संकट, विधानसभा भङ्ग, राष्ट्रपति शासन लागु हुने निश्चित

नयाँ दिल्ली । श्रीलंकापछि भारतको जम्मु कश्मिर राज्यमा राजनीतिक संकट उत्पन्न भएको छ।

तीब्र राजनीतिक उतारचढावकै बीच गभर्नर सत्यपाल मालिकले बुधबार राती विधानसभा भंग गरेका छन् ।

यो आदेशसँगै नयाँ सरकार गठनको अनुमान र प्रयासमाथि पूर्णबिराम लागेको छ ।

राज्यमा आउँदो १९ डिसेम्बरपछि राज्यपाल शासन समाप्त हुँदै छ । त्यसपछि राष्ट्रपति शासन लागु हुने निश्चित देखिएको छ ।

लोकसभा निर्वाचनसँगै विधानसभा चुनावपनि गराउन सकिने बताइएको छ । यसअघि महागठबन्धन र सज्जाद लोनको नेतृत्वमा भारतीय जनता पार्टीद्वारा सरकार बनाउने प्रयास तीब्र भएको छ । यो आदेशले भने यी सबै कोशिस बन्द भएका छन् ।

पार्टी फूटबाट जोगाउन पूर्व मुख्यमन्त्री महबुबवा मुफ्तीले मुख्यमन्त्री पदसमेत छोडन तयार थिइन । विधानसभा भंगको घोषणापूर्व मिडियासँग उनले महागठबन्धनको नेतृत्व हामी गर्ने तर नेतृत्व को हुने विषय भने अहिले भन्न नमिल्ने बताएकी थिइन ।

कांग्रेसले भने महागठबन्धनको बिरोध गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: