Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘लभ स्टेशन’ को ‘इन्ड क्लाप’

चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित नेपाली चलचित्र ‘लभ स्टेशन’को बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ ।

तिहारअघि बाँकी रहेको ३ दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

निर्देशक घिमिरेका अनुसार चलचित्रको सबै दृष्यको छायाँकन सकिएको छ । अब बाँकी दुई गीतमध्ये हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अँग्रेजी नयाँ वर्षको छेका पारेर जापानमा छायाँकन गरिने छ ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको थियो । लभ स्टेशनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: