Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आकर्षक लाभांश घोषणाले एनएमबी बैंकको शेयर मूल्य बढेर उच्च कारोबार

काठमाडौं, मंसिर ६ ।

वाणिज्य बैंकहरुले बोनस भन्दा नगद लाभांशलाई जोड गरिरहेका बेला एनएमबि बैंकले बोनस तथा नगद लाभांश प्रस्ताव परेपछि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

३० प्रतिशत लाभांश घोषणा गरेको बैंकको बिहीबारको बजारमा शेयरमूल्य बढेर उच्च कारोबार भएको छ ।

बैंकले आव २०७४/०७५ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गतवर्षको तुलनामा लाभांश दर बढाएपछि बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । गतवर्ष बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो । बिहीबार बजार खुलेदेखि बैंकको शेयर कारोबार उच्च भएको छ । कारोबार खुलेको दुई घण्टाको अवधिसम्म बैंकको झण्डै ६ करोड बराबरको शेयर किनबेच भएको छ ।

मार्केट डेप्थमा बैंकको शेयर बिक्री गर्ने भन्दा खरिद गर्नेको चाप देखिन्छ । जसले गर्दा बैंकको शेयर मूल्यसमेत अघिल्लो दिनको तुलनामा ५ प्रतिशत अर्थात १७ रुपैयाँले बढेर ३५७ रुपैयाँ पुगेको छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: