Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डले लिए बालकहरूको शैक्षिक प्रगतिबारे विवरण

चितवन, मङ्सिर ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले चालु शैक्षिक सत्रको विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गरेका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिएका छन् ।

निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा प्रचण्डले अरुण माझी र पत्रुस मुसहरको पढाइको बारेमा जानकारी लिएका हुन् ।

बिहीबार उनीहरु पढिरहेको साझापुर मावि पुगेर प्रचण्डले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको खाजा, कापी किताब र अन्य शैक्षिक सामाग्री बारे जिज्ञासा राखे ।

प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।

साझापुर माविको स्वर्ण महोत्सव उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले सो अवसरमा सांसद कोषबाट २० लाख रुपैयाँ विद्यालयको गुणस्तर र भौतिक पूर्वाधार निर्माणको लागि प्रदान गर्ने बताए ।

अध्यक्ष प्रचण्डले गत वैशाखमा अरुण र पत्रुसको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालय भर्ना गरिदिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: