मेनुकालाई ६१ हजार रुपैयाँ आर्थिक सहयोग

बनियानी, मंसिर ६ । भारतीय रियालिटी शो ‘सारेगम’मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार संकलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वन टेलिभिजनको नेपाल आइडलको टप ११ मा पुग्न सफल भएकी थिइन् ।

याे पनि पढ्नुस  ‘सारेगमप’मा मेनुकाको दमदार प्रस्तुति, आवाज सुन्दा निर्णायक चकित ! [भिडियो]

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उनलाई जिताउन आर्थिक संकलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताए । -रासस

कमेन्ट गर्नुहोस्