Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

क्यान्सर रोगविरुद्ध क्षमता अभिवृद्धि गरिनुपर्ने: प्रचण्ड

चितवन, मङ्सिर ६ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले क्यान्सर रोग क्यान्सर जस्तै फैलिरहेकाले यस विरुद्ध लड्ने मानिसहरूको क्षमता अभिवृद्धि गर्न सबैको दायित्व रहेको बताएका छन् । भरतपुर क्यान्सर अस्पतालमा बीएन- अन्कोलोजी कार्यक्रमको उदघाटनको क्रममा प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा प्रचण्डले यसो भनेका हुन् ।

प्रचण्डले भरतपुर क्यान्सर अस्पताल देशमा मात्र नभई दक्षिण एसियामै क्यान्सरविरुद्ध लड्ने प्रमुख केन्द्रका रूपमा विकास हुनुपर्ने बताउंदै प्रचण्डले उक्त कार्यक्रमले क्यान्सरको उपचारमा अझ दक्ष जनशक्ति उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

भरतपुर क्यान्सर अस्पतालमा चार वर्षे बीएनको अध्यापन यसै वर्षदेखि सुरु हुँदै छ । पोखरा विश्वविद्यालय र अस्पतालको सहकार्यमा संचालित उक्त कार्यक्रममा क्यान्सर रोगको उपचारमा केन्द्रित रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: