नेकपाको सरकार सफल भएन भने खतरनाक स्थिति आउन सक्छः नेत्री कोइराला

काठमाडौं, मंसिर ६ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन्।

याे पनि पढ्नुस  कांग्रेसको कार्यालयमा नेविसंघको धर्ना

‘दुई तिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ’ उनले भनिन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनार्र्इ थियो ।

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताइन् । उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् ।

याे पनि पढ्नुस  बुढीगण्डकी गेजुवालाई दिने निर्णयप्रति कांग्रेसको आपत्ति

नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण काङ्ग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पष्ट पारिन् ।

प्रजातन्त्र बलियो भए मात्र कांग्रेस बलियो हुने भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि पार्टी एकजुट हुनुपर्ने बताए । ‘का‌ग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्न सक्छ,’ उनले भननिन् । पार्टी बलियो भए मात्र नेता बलियो हुने नेत्री कोइरालाको बताइन् । रासस

कमेन्ट गर्नुहोस्