Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आइडलको ‘टप ६’ का लागि भिडन्त, रविले आज पप गीत गाउने

लोकेश धामी, काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन-२’ मा आज (बिहीबार) फेरि पनि भोटका लागि सात प्रतिस्पर्धीले प्रस्तुती दिदैं छन् ।

आजको अंक ‘पप गीत विशेष’ हुने आंकलन गर्न सकिन्छ । यो आंकलन आइडलले सार्वजनिक गरेको ट्रेलरमा पनि गर्न सकिन्छ । यसकारण पनि आज सबैले पप गीत गाउने अनुमान छ ।

प्रतिस्पर्धीको आजको प्रस्तुतीले उनीहरुको आगामी यात्राको निर्धारण गर्ने छन् । जो प्रतिस्पर्धीले कम भोट ल्यायो ऊ नै भोलि (शुक्रबार) आइडलको मञ्चबाट विदा हुने छन् । आइडलको शिखर चुम्न सातै प्रतिस्पर्धी कडा प्रतिस्पर्धामा छन् । उनीहरु कोहीभन्दा कोही कम छैनन् ।

सबैको आवाजमा जादू छ । त्यसकारण त उनीहरु ‘टप ७’ मा पुग्न सफल भएका छन् । अहिलेसम्म सबै राउण्ड सफल तरिकाले पार गर्न सकेका रवि ओडले पनि आज ‘टप ६’ का लागि प्रस्तुति दिदैं छन् । सुदूरपश्चिमबाट आइडलमा बाँकी रहेका रवि अहिलेसम्मको कुनै पनि अंकमा ‘डेन्जर जोन’ मा परेका छैनन् ।

उनले दिएका प्रस्तुतीले दर्शक-स्रोताको मन बेस्सरी खिचेका छन् । रत, उनको क्रेज दिनहुँ बढ्दो छ । आइडलको शिखर नजिक पुगेका रविलाई उनका समर्थले पनि औधी माया र साथ दिइरहेका छन् । सामाजिक सञ्जालमा रविबारे धेरै प्रशंसाका कुराहरु हेर्न सकिन्छ । रविले भोट गर्न सबैलाई आफ्नो फेसबुकबाट आग्रह गरेका छन् ।

रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

रविबारे मात्रै होइन बाँकी रहेका ६ प्रतिस्पर्धीबारे पनि सामाजिक सञ्जालमा त्यत्तिकै चर्चा छ । अब ‘नेपाल आइडल’ मा बिक्रम बराल, रवि ओड, सुमित पाठक, नीलिमा थापा मगर, पवन गिरि, अस्मिता अधिकारी र अमित बराल बाँकी रहेका प्रतिस्पर्धी हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: