Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुनुवाइ नभएको भन्दै वडाअध्यक्ष पाण्डेद्वारा राजीनामा

बुटवल, मंसिर ६ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । उनले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निर्णय गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव पाण्डेले बैठकमा राखेका थिए । उनको कुरा बैठकमा सुनुवाइ नभएपछि पाण्डेले निणर्यप्रति असहमति जनाउँदै राजीनामा दिएका हुन् ।

आफूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: