Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लम्बियो स्थायी समिति बैठक, भोली फेरि बस्ने

काठमाडौं, मंसिर ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आजका लागि स्थगित भएको छ ।  बैठक भोली दिउँसो पुनः बस्ने छ ।

नेकपा अध्यक्ष प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले दिएको जानकारी अनुसार, आजको बैठकमा प्रदेशको संगठन एकीकरणको एजेण्डामा छलफल भएको थियो ।

पूर्व नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकता भएपनि प्रदेश र जिल्ला र सो तलका तहमा भने एकता हुन बाँकी नै रहेको छ । यसअघि एकतालाई सहजिकरण गर्न पार्टीले बिभिन्न कार्यदल गठन गरेपनि कतिपय स्थानमा विवाद भएपछि स्थायी समितिले यसबारेमा छलफल गर्ने एजेण्डा तय भएको थियो ।

स्थायी समितिमा प्रदेश र मातहतका संगठनात्मक संरचनाबीच एकता चलिरहेकै बेला पूर्व नेकपा एमालेभित्र रहेका माधव नेपाल समर्थक केन्द्रीय सदस्यहरुले सार्वजनिकरुपमा नै पार्टी नेतृत्वलाई असहमतिका बुँदा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रदेश एकीकरण टुंग्याउने विषयमा छलफल भएपनि निश्कर्षमा भने पुग्न नसकेको र भोली पुनः यसमा छलफल भएर निर्णय गरिने महराले बताए ।

सातवटै प्रदेशमध्ये केहीमा कार्यदलमा सहमति भएको छ भने केहीमा भने सहमति नभएपछि विवाद साम्य गर्न केन्द्रलाई नै सिफारिस गरिएको छ ।

पार्टीभित्र सात वटा प्रदेश, सतहत्तरवटा जिल्ला र विशेष जिल्ला कमिटिहरुको एकता हुन बाँकी छ । यसैगरी पोलिटब्यूरो र परिषदको गठन समेत अहिलेसम्म हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: