कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन– कार्यालय समयको बैठक भत्ता नलिनुहोस्

काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी ओलीले कार्यालय समयमा हुने बैठक भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५र०७६ को स्वीकृत कार्यक्रम एवं बजेट कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

‘कार्यालय समयमा गरेको कामको तपाईले तलब लिनु भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण भत्ता लिने सोचाइ हटाउनुहोस्। मितव्ययी भएर चल्न सिक्नुहोस्। उनले नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताइ कामलाई प्राथमिकता दिन पनि निर्देशन दिए।

याे पनि पढ्नुस  समायोजन सकिएलगत्तै २० हजार नयाँ कर्मचारी भर्ना हुन्छन्ः मन्त्री पण्डित

मन्त्री र कर्मचारीहरुले काम गर्ने ढाँचामा पनि परिवर्तन ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित अघि बढे देश पनि एक कदम अघि बढ्नु विश्वास व्यक्त गरे।

उनले भने, ‘सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ।’ विभिन्न मन्त्रालयका सचिवहरु सहभागी बैठकमा प्रधानमन्त्री ओलीले नेपाल वायु सेवा निगम घाटामा जानुको कारणबारे चासो राखे।

याे पनि पढ्नुस  प्रधानमन्त्रीसँग युएनका उपमहासचिवको भेट, भयो गम्भीर छलफल

मन्त्रालयगत रुपमा टीप्पणी गर्दै निर्देशन गरेका प्रधानमन्त्रीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन, कृषि वन बढाउन आग्रह गरे। सहकारीहरुमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशका दृष्टान्त दिँदै प्रधानमन्त्रीले नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनु पर्ने बताए।

त्यस्तै, उनले कृषि, उद्योग, पर्यटन, सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहमा भएको समन्वय अभावलाई घटाउनु पर्नेमा जोड दिए। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्