Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बस र स्कूल भ्यान ठोक्किँदा ७ बालबालिकासहित ८ को मृत्यु

नयाँ दिल्ली । भारतको मध्यप्रदेशस्थित सतना जिल्लामा निकै त्रासदीपूर्ण दुर्घटना घटेको छ ।

बिरसिंहपुर क्षेत्रमा बस र स्कूल बस ठोक्किएका थिए । घटनामा ९ जना घाइते भएका छन् । यसमा केही बालिकाको अवस्था निकै गम्भीर बताइन्छ ।

भास्कर दैनिकका अनुसार, आज बिहान ९ बजेतिर भएको दुर्घटनामा लकी कन्भेन्ट स्कूलका बालबालिका रहेका छन् ।

प्रहरीका अनुसार ६ बालबालिको घटनास्थलमा नै मृत्यु भयो ।

भ्यानका ड्राइभरको मृत्यु अस्पताल लैजाँदा बाटोमा भएको थियो ।

बस निकै तीब्र गतिमा आइरहेको कारण दुर्घटना घटेको प्रहरीले जनाएको छ।

विभत्स घटनाप्रति भारतका प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता राहुल गान्धी समेतले शोक संवेदना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: