Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी-१० क्रिकेट लिगः सन्दीपको टिम टस हारेर ब्याटिङ गर्दै (LIVE )

काठमाडौं । टी(१० क्रिकेट लिगमा सन्दीप लामिछानेको टिम केरला नाइट्सले अहिले कराँचियन्ससँग प्रतिस्पर्धा गर्दैछ । सन्दीपको टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

साविकको विजेता समेत रहेको केरलाले पहिलो खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो । सो खेलमा सन्दिपले तीन विकेट लिएका थिए ।

पहिलो खेलमा म्यान अफ द म्याच बनेका सन्दिप आज पनि प्लेइङ सेटमा पर्ने प्रबल संभावना रहेको छ ।सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

सन्दीपले डेब्यु खेलको आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । यस्तै उनले दोस्रो ओभरमा समेत एक विकेट लिएका थिए ।

यता, कराँचीयन्स पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कराँचियन्स राजपुत्सँग १० विकेटले पराजित भएको थियो ।

https://www.facebook.com/2034151753340058/videos/915287442010124/

कमेन्ट गर्नुहोस्

%d bloggers like this: