Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरा बस दुर्घटनामा मारिनेहरूको सङ्ख्या १८ पुग्यो (अपडेट)

डडेल्धुरा, मङ्सिर ७ । अमरगढी नगरपालिका- ११ रडुवा खोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १८ पगेको छ ।

अमरगढी- ७ स्थित उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर फर्किंदै गरेका यात्रु बोकेको से १ क २९३ नम्बरको उक्त बस बिहिबार साँझ दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र गम्भीर घाइते रहेका ८ जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकाहरूको उपचार उपक्षेत्रीय अस्पतालमा सम्भव नदेखिएपछि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ ।

उक्त बस डोटीको बानिडुग्रेसइन स्थित पीसजोन एकेडेमी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: