Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तस्करीको सुन बोक्ने भरियालाई जेल, ४३ करोड ७० लाख जरिवाना

काठमाडौँ, मङ्सिर ७ । काठमाडौँ जिल्ला अदालतले तस्करीको ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन वर्ष जेल सजाय तोकेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन वर्ष जेल सजाय फैसला गरेको हो ।

पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित पाँच वर्ष कैद फैसला गरेको छ । तर, यी दुवै फरार छन् । उनीहरू चीन फर्किसकेको सूचना आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका अधिकारी भने २४ कात्तिक ०७४ मा अदालतको आदेशअनुसार जेल चलान भइसकेका छन् । केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले १९ भदौ ०७४ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो ।

१० जनालाई सफाई

प्रहरीले १३ जनाविरुद्ध १७ कात्तिक ०७४ मा मुद्दा दायर गरेको थियो । २४ कात्तिक ०७४ मा न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले चिनियाँसँग सम्पर्क रहेका आधारमा मुद्दा चलाइएका मानबहादुर तामाङ, साङ्बो लामा तामाङ, सुन व्यापारीहरू शुभरत्न शाक्य, सत्यनारायण अग्रवाल, गणेशदत्त बडू, दीनखर सालुखे, नन्दकुमार मर्गले र चिनियाँ नागरिक जाङ हालिङलाई संलग्नता नभेटिएको भन्दै सफाइ दिएको थियो ।

हजार रुपैयाँ भाडा लिएर गाडी चलाउने चालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई भने जेल चलानको आदेश दिएको थियो । तर, गत मंगलबार, ४ मंसिरमा चालक दिलीप खड्का र दाम्पा लामालाई पनि तस्करीमा संलग्न नभएको भन्दै सफाइ दियो । मनोज अधिकारीलाई भने अदालतमुख्य दोषी ठहऱ्याएको हो ।

नयाँ पत्रिकाबाट

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: