Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

काठमाडौँ, मङ्सिर ७ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारी बारे छलफल हुने बताए । “महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुने छ”, उनले भने ।

महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: