Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ऐश्वर्यमा विद्यार्थीद्धारा स्वागत कार्यक्रमको आयोजना

धनगढी, मंसिर ७ ।

धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले नव–प्रवेशी कक्षा ११ का विद्यार्थीहरुलाई भव्य स्वागत
गरेका छन् ।

शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर कक्षा ११ का विद्यार्थीहरुको स्वागत गरेका हुन । हरेक वर्ष ऐश्वर्य विद्या निकेतनमा
कक्षा १२ का विद्यार्थीहरुले नयाँ विद्यार्थीहरुका लागि स्वागत गर्ने गरेको विद्यालयले जनाएको छ । स्वागत कार्यक्रममा बोल्दै ऐश्वर्य विद्या निकेतन व्यवस्थापन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले माथिल्लो कक्षाका विद्यार्थीहरुले तल्लो कक्षाका विद्यार्थीका लागि अभिभावकको भूमिका निभाउन जान्नुपर्ने बताए ।

ऐश्वर्य विद्या निकेतनले पठनपाठन मात्रै नगराएर अनुशासन पनि सिकाउँछ नगर प्रमुख वडले भने, सभ्य, अनुशासीत र गरिखाने जनशक्ति उत्पादन गर्ने हाम्रो ध्यय हो । ऐश्वर्य विद्या निकेतन भन्ने बित्तिकै मलाई पुर्व अध्यक्ष किशोर बमको याद आउँछ नगर प्रमुख वडले भने, उनीहरुको सपना पूरा गर्ने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ ।

ऐश्वर्य विद्या निकेतनका क्याम्पस प्रमुख धर्म देव भट्टले ऐश्वर्य यस प्रदेशकै उत्कृष्ठ शैक्षिक धरोहर भएको बताए । नव आगन्तुक
विद्यार्थीहरुले यस संस्थाको छविलाई उत्कृष्ठ राख्नका लागि अध्ययनमा ध्यान दिनुपर्ने बताए । ऐश्वर्यको आफ्नै नियम रहेको छ, क्याम्पस प्रमुख भट्टले भने, यसको पालना गर्नु हरेक विद्यार्थी र शिक्षकहरुको कर्तब्य हुन आउँछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: