चलचित्र ‘प्रेमलीला’को पोष्टर सार्वजनिक

अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ ।

सार्वजनिक चलचित्रको पोष्टरमा फिल्मका ३ मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न–भिन्न पोष्टरमा चलचित्रकी नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ ।

याे पनि पढ्नुस  माग्नेबूढाकी श्रीमती पनि चलचित्र क्षेत्रमा

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको फर्स्ट लुक र पहिलो गीत ुजाने क्या हुवा एु यसअघि सार्वजनिक भइसकेको छ । नेपाली चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

याे पनि पढ्नुस  चलचित्र ‘छक्का पञ्जा २’ किन दोस्रो पटक प्रदर्शन हुँदैछ ?

फिल्ममा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

याे पनि पढ्नुस  जय भाेलेकाे सफलतापछि ‘रातो टिका निधारमा’ ल्याउँदै निर्देशक शर्मा

सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुने छ ।

कमेन्ट गर्नुहोस्