Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बालविवाह अन्त गर्न जागरूकता अभियानः ‘ग्लोकल टिन हिरो २०१८’ प्रशंसा केसीद्वारा गरिएको परियोजना

काठमाडौं, मंसिर ७ ।

उमेर एउटा संख्यामात्र हो भन्ने कुरा सिद्ध गर्दै सेप्टेम्बर १ मा प्रशंसाले ‘ग्लोकल टिन हिरो २०१८’ को अवार्ड जितिन् ।

प्रशंशा एक १७ वर्षीय Youtuber र सामाजिक अभियन्ता हुन् । उनी चलचित्र सुटिंग, सम्पादन, पोस्ट–उत्पादन र स्क्रीप्ट आफैंले उत्साहपूर्ण तरिकाले गर्ने गर्छिन । मनोरञ्जक भ्लोगमात्र नभएर बालविवाहको उन्मूलनको आवस्यकतालाई प्रष्ट पार्ने वृत्तचित्रहरू पनि बनाउने गरेकी छन् ।

उनले बालविवाहको बारेमा थाहा पाएदेखि नै त्यसको उन्मूलनको लागी उनी उत्सुक थिईन । उनी भन्छिन ‘यो मंचले गर्दा मेरो सपना साकार भयो । मैले मेरो काम प्रस्तुत गर्ने चाहना थियो र प्रशिक्षकहरू पाउनु थियो जसले मेरो उद्देश्य बुझुन कि म के गर्न चाहन्छु र त्यसलाई अझै प्रबल तरिकाले काम गर्न सकूँ ।”

उनले शुरुवात गरेको एउटा परियोजना ‘बालविवाह अन्त गर्न जागरूकता अभियान’ रुकुममा बालविवाह अन्त्य गर्न चालिएको एउटा जागरुकता जगाउन र बालबालिकाको लागी सिक्ने र बढ्ने अनि एउटा बातावरण यस्तो बातावरणको सृजना गर्न जुन प्रारम्भिक वैवाहिक विवाह, प्रारम्भिक गर्भावस्था, गरिबी, बेरोजगारी जस्ता समस्याबाट मुक्त गर्न चालिएको परियोजना हो ।

सेप्टेम्बर २०१७, मा उनले एउटा ‘रक्षिणी विवाह उन्मुलन’ नामक परियोजनाको शुरुवात गरेर सफल पारेको थिइन् ।

सो २१ दिने परियोजनाको उदेश्य रक्षिणी विवाह र बाल विवाहको बारेमा जनचेतना फैलाउनु थियो र रुकुममा संचालन गरिएको थियो । उनी मध्यपश्चिमी क्षेत्रको शिक्षा स्तरलाई सुधर उनी तत्पर छिन् । पहिला उनि सरकारी बिद्यालयमा अंग्रेजी पढाउँथिन । उनीलाई दृढ विश्वास छ कि उनको प्रयासले रक्षिणी विवाह उन्मूलनमा समाजमा एक फरक परिवर्तन ल्याउने छ । उनले यो नयाँ परियोजनामा अक्टुबर, २०१८ देखी काम गर्न थालेकी छिन् र डिसेम्बर, २०१८ मा सकिन्छ ।

ग्लोकल टिन हिरो २०१८,प्रशंशा के शीको शुरुवात र नेतृत्वमा जोंटा क्लब अफ काठमाडौँ र ग्लोकल प्रा लीको समझदारीमा यो परियोजना गरिएको हो ।

उनले रुकुमको १२०० जना बिद्यार्थीमा जनचेतना जगाउन कार्यक्रम गरेकी छिन् । जुन कार्यक्रममा उनले बिहे, शिक्षा र रोजगारको बारेमा जनचेतना प्रजनन स्वास्थ्यको बारेमा जनचेतना स्वयम रक्षा, महिला अधिकार, तथा सामाजिक र कानुनी न्यायको बारेमा महिला तथा बालबालिकालाई जनाउन टेवा पुर्याएकी छिन् ।

महिलाहरुमा जनचेतना जगाउन उनले आमा समुहहरुलाई तालिमको आयोजना गरेकी थिइन् । राम्रो पोषणपान सिपको सबै कुराहरु सत्रहरूमा समावेश गरिएको थियो । समुदायमा अझै पहुँच पुर्याउन उनले घरदैलो कार्यक्रम गरिन ।

यो परियोजनाले सही उमेर मा विवाह को फायदाहरु र नयाँ पिढीको जिम्मेवारी र ज्येष्ठ नागरिकहरुको लागि थप कुराहरु ।

यो वृत्तचित्रको निर्माण पिडितको जीवन देखाईने छ र देशभरिको युवाहरु को समस्यको बारेमा सुचित गरिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: