मेलबर्नमा नयाँँ विद्यार्थीलाई बिएमडब्लुद्वारा निःशुल्क बारिस्टा तालिम

काठमाडौं, मंसिर ७ ।

अन्य देशबाट अष्ट्रेलिया आएपश्चात काम खोज्ने क्रममा स्थानीय कामको अनुभवबारे सोध्ने, तर सोको अभावका कारण धेरैले सुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तविकतालाई ध्यानमा राखेर मेलबर्नको बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीले नयाँँ आउने विद्यार्थीको लागि निःशुल्क बारिस्टा तालिमको यवस्था गर्ने भएको छ ।

यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निवाएह गर्ने भएका छन् । तालिम १२ बजेदेखि २ बजेसम्म Bell Street Canteen, Address 399 Bell street Pascoe Vale South 3044 मा उपलब्ध गराइने छ । यसका लागि तालिम लिन इच्छुकले बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीको कार्यालय Suite 218, 530 Little Collins Street, Melbourne मा ९ः३० देखि १७ः३० को समयमा कुनै पनि दिन गएर आफ्नो नाम दर्ता गर्न सक्ने छ ।

याे पनि पढ्नुस  बिम्स्टेक शिखर सम्मेलन : पर्यटन प्रवद्र्धनको आधार

तालिमको २ भाग हुनेछन् । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यवहार गर्ने भन्ने बिषयमा केन्द्रित हुने छ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्यावश्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, व्यक्तिगत सुरक्षा, अष्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुने छ ।

याे पनि पढ्नुस  हावाहुरी सहितको वर्षा हुने सम्भावना

यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अष्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ ।

बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू सुरुमा अष्ट्रेलिया आउँदा भोग्नुपरेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो निःशुल्क तालिमको व्यवस्था गर्न आफूलाई प्रेरित गरेको बताउँछन् ।

याे पनि पढ्नुस  आजदेखि प्रदूषण कम गर्न २० वर्षे पुराना सवारीसाधनमा रोक

सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नव आवगन्तुकले दुःख भोग्न नपरोस् भनी यसरी निःशुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो वर्षका उत्कृष्ट ५ जना सहभागीलाई … का तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराए ।

कमेन्ट गर्नुहोस्