ह्वात्तै घट्यो सुनचाँदीको भाउ ?

काठमाडौं, मंसिर ७ ।

साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  अाइतबार बजारमा सुनचाँदीको भाउ जस्तातस्तै !

बिहीबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्