Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साना किसान विकास बैंकको २५ प्रतिशत बोनस प्रस्ताव

काठमाडौं, मंसिर ७ ।

साना किसान बिकास बैंकले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगदन लाभांश प्रस्ताव गरेको छ। मंसिर ७ गते शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत वर्ष पनि शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात लघुवित्त विकास बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।

६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको विकास बैंकको प्रस्तावित २५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसानले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा ४ करोड ४ लाख रुपैयाँले धेरै हो ।

विकास बैंकको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात १३.८७ गुणाले बढी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: