Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवनको टाँडीमा निर्धन उत्थानद्वारा ब्यवसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न

चितवन, मंसिर ७ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना ३४ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्र्तिक २८ गतेदेखि ३० गतेसम्म चितवन जिल्लाको शक्तिखोरमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको संस्थाका भरतपुर कार्यालयका कार्यालयका परमेश्वर चौधरीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु शालिक राम पौडेल, ईश्वर दत्त मिश्र, शिवराज अर्याल र सिता पौडेल रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका टाँडी शाखा कार्यालयका प्रमुख ज्योति राज रेग्मीले प्रकाश पारेका थिए । तालिमकै अवधिभरमै ग्राहक सदस्यहरुलाई बाख्रापालनको अवलोकनको ब्यवस्था पनि मिलाईएको शाखा प्रमुख रेग्मीले बताएका थिए ।

तालिमको अन्त्यमा तालिमको मूल्याकंन सहभागी मखमली भेटवाल र मिना घिसिङ्गले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका टाँडी शाखाका प्रमुख रेग्मीले जानकारी गराएका थिए । तालिमको संचालन टाँडी शाखाका सहायक गोपाल प्रसाद दमासेले गरेका थिए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीयकार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ ।

यस संस्थाले देशको कुनाकुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विन मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: