समर्थकको यतिसम्म माया, रविलाई ‘म्युजिकल मेयर’ को उपमा ! [भिडियाेसहित]

काठमाडौं, मंसिर ७ । जारी ‘नेपाल आइडल सिजन-२’ मा ‘टप ६’ का लागि बिहीबार प्रतिस्पर्धा भएको छ । आज (शुक्रबार) आइडलको मञ्चबाट एकजनाले विदा लिने छन् । बाँकी रहेका सातै प्रतिस्पर्धीको प्रस्तुती ‘दमदार’ छ । उनीहरुको आवाजले नेपालीहरु मन्द्रमुग्द छन् । रत, नेपाल आइडलको चर्चा पनि उत्कृर्षमा छ ।

दिनहुँ नेपाल आइडलको प्रतिस्पर्धा रोचक बनिरहेको छ । रोचक बन्नुको कारण आइडल घोषित हुने दिन नजिकिदै छ । आइडलमा बाँकी प्रतिस्पर्धीका आआफ्नै प्रशंसक एवं समर्थक छन् । आफ्ना प्रतिस्पर्धीलाई ‘आइडल’ बनाउन समर्थक सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाल (फेसबुक, ट्इटर, भाइवर इत्यादि) अहिलेका सशक्त माध्यम हुन् ।

याे पनि पढ्नुस  नेपाल आइडल हुनेले के–के पाउँछन ?

समर्थकले आफ्ना प्रतिस्पर्धीलाई शिखर पुर्याउन विभिन्न उपाय अपनाउँदै प्रचार-प्रसार गरिरहेका छन् । यसैबीच, ‘नेपाल आइडल’ को ‘टप ७’ मा पुगेका रवि ओडलाई जिताउन प्रशंसक तथा समर्थकले उनलाई ‘आइडल’ बनाउन अभियान नै चलाएका छन् ।

देश तथा विदेशमा रविका ‘फ्यान’ धेरै छन् । उनको जादूमयी आवाजले कयौं समर्थक उनलाई ‘नेपाल आइडल’ बनाउन खुलेर साथ दिइरहेका छन् । आफ्नो मात्रै नभएर रविको प्रतिभाको कदर गर्दै साथ दिने व्यक्ति थुप्रै छन् ।

याे पनि पढ्नुस  पूर्वमन्त्रीको भट्को अपिल- ‘रविलाई नेपाल आइडल बनाउन सबै भोट गर्नुस्’

उनलाई हौसला एवं माथिल्लो स्थानमा पुर्याउन कतिपयले त ‘धनगढीका म्यूजिकल मेयर’ को उपमा नै दिइसकेका छन् । हुन त उनी धनगढीको मात्रै सिमीत नभई राष्ट्रकै गायक हुन् । यद्यपी, उनले सुदूरपश्चिमको धनगढीबाट ‘अडिसन’ दिएकाले समथर्कले यस्तो उपमा दिएको हुनसक्छ ।

बिहीबारको प्रस्तुतीमा पनि ‘आइडल’ को मञ्च वरिपरी बसेका समर्थकले रविलाई ‘धनगढीका म्यूजिकल मेयर’ भनेर पूरा समर्थन जनाइरहेका थिए । उनले ‘नाइ मलाई थाह छैन’ बोलको गीत गाइसकेपछि दर्शक दिर्घाबाट ‘वान्स मोर’ को चर्को आवाज आएको थियो ।

याे पनि पढ्नुस  नेपाल आइडल रवि ओडसहित तीन प्रतिस्पर्धी अमेरिका जाने

रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्