Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सशस्त्र प्रहरीद्वारा महिलामाथि यतिसम्म दुर्व्यवहार [भिडियाेसहित]

वीरगञ्ज, मंसिर ७ । रक्षक नै भक्षक भएपछि के होला ? पक्कै पनि अशान्ति, अराजकता फैलिएला । कहिलेकाहीँ नेपालमा यस्तै घटना सुनिन्छन् र देखिन्छन् । प्रहरीले अहिले पनि सार्वजनिक ठाउँमै दुव्र्यहार गर्नु कहाँसम्मको स्वतन्त्रता हो ।

नेपालमा प्रहरीले पुरुषमाथि गर्ने दुव्र्यहार त सामान्य जस्तै लाग्छ । तर, महिलामाथि प्रहरीले सार्वजनिक ठाउँमा नै दुव्र्यहार गर्दा त्यो पटक्कै सह्य हुँदैन । यसैबीच, सशस्त्र प्रहरीले विरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । सामान्य चोरी घटनालार्इ लिएर सशस्त्र प्रहरीका जवानले महिलाको कपाल समातेर लछार(पछार गरेका छन् । सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको यो घटनाको सवत्र आलोचना भइरहेको छ । तस्वीरमा सशस्त्र प्रहरी जवानले महिलाहरुलाई दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ ।

पोके तस्करी गर्ने महिलाहरुसँग सामान खोसाखोस भएको घटना उग्र बन्दै गएपछि ती महिलाहरुले प्रहरी जवानमाथि ढुङ्गामुढा प्रहार गरेपछि आक्रोशित भएर गल्ती भएको प्रहरीले स्वीकार गरेको छ । मधेश केन्द्रित केही दलहरुले यो घटनामा संलग्न प्रहरी जवानमाथि कारबाहीको माग गरेका छन् ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले सशस्त्र प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन् । गल्ती गर्ने दुई जवानमाथि आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

बिरगन्ज नाकामा भारतिय बजारबाट २,३ जोडा कपडा ल्यायर भन्सार तथा घुस माग्दा नदीयको निहुमा महीलामाथी नेपाल प्रहरिद्वारा कुटपिट ॥

Posted by हाम्रो हिरो रबी लामिछाने on Thursday, 22 November 2018

कमेन्ट गर्नुहोस्

%d bloggers like this: